अर्थ

सुनको मूल्यमा २,८०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा बिकेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक सय रुपैयाँले सस्तिएर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ४ हजार ४ सय ७५ रुपैयाँ प्रतितोलामा बिकेको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.