समाचार

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्‍यो, ६० वर्षीया महिलाको मृत्यु

By अर्जुन भट्टराई

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्‍यो, ६० वर्षीया महिलाको मृत्यु

जाजरकोट। जाजरकोट जिल्लामा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–२, राङ्सी निवासी ६० वर्षीया जयशिला शाह हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षाका कारण आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि बनाइएको अस्थायी टहरा पुरिदियो। सोही टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भयो।

यस घटनामा शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापा पनि परेका थिए। तर स्थानीयवासी र सुरक्षाकर्मीको समयमै सहयोगले दुवैलाई सकुशल उद्धार गर्न सफलिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.