काठमाडौं । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ। शनिबार बिहान करिब ६ बजे आफ्नै घरमा यो घटना भएको थियो।
राउतकी श्रीमती नुहाउन गएको मौकामा उनी बाहिर निस्किएर आफ्नै स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका थिए। त्यतिखेर परिवार श्राद्धको तयारीमा व्यस्त थियो।
घटनापछि परिवार, छिमेकी र स्थानीयको सहयोगमा राउतलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भयो।
मृतक राउतका भाइ दीपक राउतले घटनाको विवरण दिएका हुन्।
