काठमाडौंको ऐतिहासिक व्यापारिक केन्द्र असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ। एक समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने ग्राहकको भीडले भरिने यो बजारमा अहिले पहिलेको जस्तो चहलपहल छैन।
साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि चिनिने असनमा पहिले दैनिक हजारौं मानिसको आवतजावत हुन्थ्यो। तर पर्यटकको आगमन घट्नु, अनलाइन किनमेलको बढ्दो प्रभाव, उपभोक्ताको बदलिँदो बानी र सहरका अन्य व्यापारिक केन्द्रको विस्तारले असनको व्यापारमा उल्लेखनीय असर पारेको छ।
यी कारणहरूले गर्दा यस ऐतिहासिक बजारको पुरानो रौनकमा क्रमशः कमी आउँदै गएको छ।
(तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
