समाचार

राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासी परिवारको दैनिकी कष्टकर

By अर्जुन भट्टराई

राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासी परिवारको दैनिकी कष्टकर

हिजो रातको भारी वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा पानी भरिएको छ। यसले त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूको जनजीवनमा गम्भीर असर परेको छ।

सरकारले व्यवस्थापनका लागि राखेका ती सुकुम्बासी परिवारहरू यही होल्डिङ सेन्टरमा बस्दै आएका थिए। वर्षाको पानी भित्र जम्दा सेन्टरका विभिन्न स्थानमा पानी भरियो र दैनिक जीवन झन् कठिन बन्न पुग्यो।

पानी भरिएपछि होल्डिङ सेन्टरमा बस्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ।

(तस्विरहरू: सक्षम घिमिरे / नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.