समाचार

सर्लाहीमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, हेलिकप्टरबाट काठमाडौं उपचारका लागि ल्याइँदै

By अर्जुन भट्टराई

सर्लाहीमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, हेलिकप्टरबाट काठमाडौं उपचारका लागि ल्याइँदै

सर्लाही । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

प्रहरीका अनुसार घरमा विवाद भएपछि मण्डल घरबाट निस्किएर सडकमा पुगे र त्यहीँ आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाए। आगो लगाउनुको कारण भने अहिलेसम्म खुलेको छैन।

घाइते मण्डललाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाउन स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहसँग सहयोग माागेको थियो। सांसद सिंहले सामाजिक सञ्जालमार्फत घटनाको जानकारी दिँदै घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गराउने पहल भइरहेको जानकारी दिएका छन्। हाल उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने क्रम जारी छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.