अर्थ

सुनको मूल्यमा २ हजार ७०० रुपैयाँको उछाल, चाँदी पनि महँगियो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आज शनिबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.