ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र अझैसम्म पुनर्निर्माणको प्रतीक्षामा छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यो केन्द्रमा आगजनी गरिएको थियो। आगलागीपछि भवन पूरै कुरुप र प्रयोगविहीन अवस्थामा पुगेको छ।
पुनर्निर्माणको काम अहिलेसम्म सुरु हुन नसक्दा करोडौं रुपैयाँ मूल्यको यो संरचना जलेका अवशेष, कालो धुवाँका दाग र क्षतिग्रस्त रूपमा त्यसै थन्किएको छ। तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
