काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ९३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ०९ पैसा र बिक्री दर १७४ रुपैयाँ ७८ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ २२ पैसा र बिक्री दर २०५ रुपैयाँ ०३ पैसा कायम गरिएको छ । स्विस फ्रयाङ्क एकको खरिद दर १८८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ६९ पैसा र बिक्री दर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ४३ पैसा र बिक्री दर १०७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ८२ पैसा र बिक्री दर ११८ रुपैयाँ २८ पैसा तोकिएको छ । जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४२ पैसा र बिक्री दर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५७ पैसा र बिक्री दर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा, थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५६ पैसा र बिक्री दर चार रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ४८ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३६ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसा तथा साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।
