ललितपुरको जावलाखेल क्षेत्रमा पैदलयात्रीको सुरक्षित र सहज आवतजावतका लागि ‘पेडेस्ट्रियन पुस बटन’ जडान गरिएको छ।
यो व्यवस्थाअन्तर्गत पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेत (सिग्नल) मार्फत केही समयका लागि सवारीसाधन रोकिने छन्। यसले पैदलयात्रीलाई थप सुरक्षित रूपमा सडक पार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
(तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
