काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा आफ्नो गम्भीर ध्यान गएको बताएकी छन्।
यस सम्बन्धमा किसानबाट व्यापारी हुँदै बजारसम्म पुग्ने आपूर्ति शृङ्खला, खरिद मूल्य र उत्पादकले वास्तवमा पाउने प्रतिफलबारे तथ्याङ्क संकलन तथा अध्ययनको काम सुरु गरिएको छ।
किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य पाउने वातावरण बनाउँदै उपभोक्तासम्म सहज र पारदर्शी आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।
उत्पादक र उपभोक्ता दुवैको हित सुनिश्चित गर्न आवश्यक नीतिगत तथा समन्वयात्मक निर्णय छिट्टै सार्वजनिक गरिने बताइएको छ।
