काठमाडौं — त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी, पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक विशेष पर्व हो। यो जात्रा हरेक वर्ष असार महिनाको शुक्ल पक्षमा मनाउने गरिन्छ।
नेपाल भाषामा ‘मचाति जात्रा’ भनिने यो पर्व युगौँयुगदेखि चलिआएको सांस्कृतिक परम्परा हो। पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा विशेष प्रकारको रथ राखिन्छ। त्यस रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले साङ्केतिक रूपमा छेदन गरेर राखिन्छ। त्यसपछि भक्तजनहरूले रथ बोकेर परिक्रमा गर्छन्।
जयबागेश्वरीको खटमा एक कुमार र दुई कुमारी रहने परम्परा छ। यो जात्राले राक्षसी शक्तिलाई तर्साउने र समाजमा शुभ ऊर्जा फैलाउने विश्वास गरिन्छ।
(तस्विरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
