समाचार

गोदावरी कि धनगढी: प्रदेश राजधानी विवादमा

By अर्जुन भट्टराई

सुदूर पश्चिमको राजधानी कैलालीको चुरेक्षेत्रमा रहेकाे गाेदावरीमा बनाउने प्रदेश सभाकाे पुरानाे निर्णय अहिले स्थानीय चुनावकाे सन्दर्भमा फेरि विवादमा तानिएकाे छ । यही मुद्दा चुनावकाे मुख्य एजेण्डा बनिरहेकाे छ । सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका धनगढी उप महानगरपालिकाको नेतृत्व लिन अहिले विभिन्न दल तथा स्वतन्त्र उमेदवार चुनावी गतिविधिमा केन्द्रित भएका छन्। प्रदेशको मुख्य शहरका रूपमा रहेको धनगढीमा चुनावी सरगर्मी बढेसँगै जनतामाँझ उमेदवारहरूले पनि विभिन्न प्रतिबद्धता गरिरहेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.