काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त प्रयोगशालाको उद्घाटन गरिन्।
महानगरपालिकाका अनुसार यो प्रयोगशालाले खाद्य निरीक्षणलाई अझ प्रभावकारी बनाउँदै नागरिकहरूलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निभाउनेछ। साथै, उपभोक्ताको हित संरक्षण गर्न, खाद्यजन्य रोगहरू न्यूनीकरण गर्न र खाद्य व्यवसायमा गुणस्तर कायम राख्न पनि यो प्रयोगशाला उपयोगी साबित हुने विश्वास व्यक्त गरिएको छ।
