समाचार

पर्यटन विधेयक २०८२ दफावार छलफलका लागि समितिमा पठाउने निर्णय सर्वसम्मतिले पारित

By अर्जुन भट्टराई

पर्यटन विधेयक २०८२ दफावार छलफलका लागि समितिमा पठाउने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रतिनिधिसभामा प्रस्ताव राखेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले यो प्रस्ताव प्रस्तुत गरेका थिए। पर्यटन क्षेत्रको व्यवस्थापन र विकाससँग सम्बन्धित विभिन्न प्रावधान समेटिएको उक्त विधेयकमाथि समितिमा विस्तृत दफावार छलफल गर्नुपर्ने उनको भनाइ थियो।

सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ बैठकसमक्ष राखेपछि प्रतिनिधिसभाले सर्वसम्मतिले यसलाई स्वीकृत गर्यो। विधेयक अब दफावार छलफलका लागि सम्बन्धित समितिमा जानेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.