काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज ५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार ४ हजार ५ सय ५५ रुपैयाँ थियो।
