मकवानपुर । मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्जको कोर क्षेत्रबाट सोमबार बिहान करिब १६५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्।
श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले ११ वटा पोकामा भरिएको उक्त गाँजा सहित उनीहरूलाई पहिले नियन्त्रणमा लिएको थियो। त्यसपछि सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई आफ्नो जिम्मामा लिएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
