काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा किनमेल गर्नुअघि उपभोक्ताले यो मूल्य सूची हेर्न सक्नुहुन्छ ।
**तरकारीको मूल्य (प्रतिकिलो)**
गोलभेँडा ठूलो (नेपाली) – ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) – १० रुपैयाँ, आलु रातो (लाम्चो) – ३८ रुपैयाँ, आलु रातो (भारतीय) – २८ रुपैयाँ, प्याज सुकेको (भारतीय) – ५२ रुपैयाँ, गाँजर (लोकल) – ९० रुपैयाँ, बन्दा (लोकल) – ४५ रुपैयाँ, काउली स्थानीय – ३० रुपैयाँ, मूला रातो – ३० रुपैयाँ, भन्टा लाम्चो – १० रुपैयाँ र भन्टा डल्लो – २५ रुपैयाँ कायम गरिएको छ ।
मटरकोशा – १८० रुपैयाँ, घिउ सिमी (लोकल) – ३५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) – ३५ रुपैयाँ, घिउ सिमी (राजमा) – ८० रुपैयाँ, तीते करेला – १५ रुपैयाँ, लौका – २५ रुपैयाँ, परवर (लोकल) – ३० रुपैयाँ र घिरौला – २० रुपैयाँ निर्धारण गरिएको छ ।
फर्सी पाकेको – ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) – ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) – १५ रुपैयाँ, भिण्डी – २० रुपैयाँ, सखरखण्ड – १०० रुपैयाँ, पिंडालु – ९० रुपैयाँ र स्कुस – ४० रुपैयाँ तोकिएको छ ।
रायोसाग – ३० रुपैयाँ, पालुङ्गो – ५० रुपैयाँ, चमसुरको साग – ५० रुपैयाँ, कुरीलो – २५० रुपैयाँ र न्युरो – ९० रुपैयाँ रहेको छ ।
**च्याउको मूल्य (प्रतिकिलो)**
च्याउ (कन्य) – २५० रुपैयाँ, च्याउ (डल्ले) – ३८० रुपैयाँ, राजा च्याउ – २६० रुपैयाँ र सिताके च्याउ – ८०० रुपैयाँ कायम गरिएको छ ।
**फलफूलको मूल्य (प्रतिकिलो)**
स्याउ (फूजी) – २८० रुपैयाँ, केरा नेपाली – २०० रुपैयाँ, केरा मालभोग – १८० रुपैयाँ प्रति दर्जन, कागती – १४० रुपैयाँ, अनार – ४५० रुपैयाँ, आँप (मालदह) – १४० रुपैयाँ, आँप (दसहरी) – १५० रुपैयाँ, भुइँकटहर – १५० रुपैयाँ प्रतिगोटा, काँक्रो (लोकल) – ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) – १५ रुपैयाँ, रुखकटहर – ४० रुपैयाँ, मेवा (नेपाली) – ८० रुपैयाँ, मेवा (भारतीय) – १०० रुपैयाँ, लीच्ची (लोकल) – २५० रुपैयाँ र लीच्ची (भारतीय) – ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
उल्लेखित मूल्य न्यूनतम थोक मूल्य हो । खुद्रा बजारमा यसभन्दा बढी मूल्य लाग्न सक्छ ।
