समाचार

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कानुनी कारबाहीको चेतावनी

By अर्जुन भट्टराई

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कानुनी कारबाहीको चेतावनी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । यो सहकारी संस्था पहिले नै समस्याग्रस्त घोषित भइसकेको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा यो नामावली तयार पारेको हो । यदि कुनै व्यक्तिले साविकमै ऋण चुक्ता गरिसकेका छन् तर उनको नाम नामावलीमा परेको छ भने, त्यस्ता व्यक्तिलाई प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई भने कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न समितिले सूचित गरेको छ । समयमै ऋण नतिरेमा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको हित संरक्षण गर्न र सहकारीको रकम फिर्ता गराउने उद्देश्यले यो नामावली सार्वजनिक गरिएको स्पष्ट पारेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.