काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५३ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ५६ पैसा र बिक्री दर १०५ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०५ पैसा र बिक्री दर १०७ रुपैयाँ ४७ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ७४ पैसा र बिक्री दर ११८ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४२ पैसा र बिक्री दर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५६ पैसा र बिक्री दर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ४८ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा तथा साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
