अर्थ

सुनको मूल्यमा नौं सय रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य नौं सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा बिकेको थियो।

सुनमात्र होइन, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार ४ हजार ६ सय ५ रुपैयाँ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.