काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८८ पैसा र बिक्री दर १७४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ०१ पैसा र बिक्री दर २०३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ५२ पैसा र बिक्री दर १०५ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०८ पैसा र बिक्री दर १०७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ७२ पैसा र बिक्री दर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४२ पैसा र बिक्री दर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४२ पैसा र बिक्री दर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४९ पैसा र बिक्री दर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७१ पैसा र बिक्री दर ४१ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ३९ पैसा र बिक्री दर ४१ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९८ पैसा कायम भएको छ।
