राजनिती

नेपाली कांग्रेसकी सिर्जना सिंहद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता

By अर्जुन भट्टराई

स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उहाँले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताएका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.