अर्थ

आजको तरकारी र फलफूलको मूल्य : कति पर्छ के ?

By अर्जुन भट्टराई

आजको तरकारी र फलफूलको मूल्य : कति पर्छ के ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तरकारी किन्न जाँदा यो मूल्यसूची काम लाग्न सक्छ ।

**तरकारीको मूल्य**

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ र सानो (लोकल) १५ रुपैयाँ छ । आलु रातो लाम्चो ३८ रुपैयाँ र भारतीय आलु २८ रुपैयाँ प्रतिकिलो रहेको छ । प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

मटरकोशा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी लोकल र हाइब्रिड दुवै ३० रुपैयाँ, घिउ सिमी राजमा ७० रुपैयाँ, तीते करेला १० रुपैयाँ, लौका १५ रुपैयाँ, परवर (लोकल) २० रुपैयाँ र घिरौला २० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो लाम्चो ४० रुपैयाँ, हरियो फर्सी डल्लो १० रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो छ । च्याउमध्ये कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो रहेको छ । कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ ।

**फलफूलको मूल्य**

स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ, कागती १४० रुपैयाँ र अनार ४२० रुपैयाँ प्रतिकिलो रहेको छ । केरा मालभोग प्रतिदर्जन १८० रुपैयाँ कायम गरिएको छ ।

आँप मालदह ९० रुपैयाँ र आँप दसहरी ११० रुपैयाँ प्रतिकिलो छ । भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो लोकल ४० रुपैयाँ र काँक्रो हाइब्रिड १५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

रुखकटहर ४० रुपैयाँ, मेवा नेपाली ८० रुपैयाँ, मेवा भारतीय १०० रुपैयाँ प्रतिकिलो छ । लीच्ची लोकल २०० रुपैयाँ र लीच्ची भारतीय ३०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.