Uncategorized

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

By अर्जुन भट्टराई

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ ।

प्रतिष्ठानले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा गीत , कविता वाचन गरिएको थियो भने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको थियो ।

जसअनुसार सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखियालाई पुरस्कृत गरिने भएको छ । त्यस्तै लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक अमर विरही गुरुङ, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धि चरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहन प्रसाद जोशीलाई पुरस्कृत गरिने भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले नाट्य प्रज्ञा प्रतिष्ठानलाई सवै हिसावले सम्पन्न बनाउने बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.