काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा पुगेको छ। बुधबार यही सुन २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा पुगेको छ।
