राजनिती

महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुग्यो

By अर्जुन भट्टराई

सत्तागठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको जानकारी दिएका छन् ।उनले छलफल जारी रहेको र सकराकात्मक रूपले छलफल अघि बढेको जानकारी दिनुभयो । समग्रमा ६ महानगर र ११ उपमहानगरका बिषयमा छलफल भएको र छलफल सकारात्मक भएको उनको भनाई छ ।

बैठकमा सहभागी एक नेताका अनुसार महानगरको बाँडफाँट टुङ्गिएको छ भने उपमहानरका बिषयमा छलफल जारी छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.