समाचार

प्रतिनिधिसभा सांसदका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण सुरु

By अर्जुन भट्टराई

प्रतिनिधिसभा सांसदका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण सुरु

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा हिजोदेखि सुरु भएको यो कार्यक्रम आज पनि जारी छ। उक्त अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय कार्यविधि र अभ्यासबारे जानकारी दिइँदै छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.