अर्थ

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन चिज कतिमा?

By अर्जुन भट्टराई •

आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक, कुन चिज कतिमा?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ०८ रुपैयाँ, आलु रातो (लाम्चो) ३५ रुपैयाँ, आलु रातो (भारतीय) २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

गाँजर (लोकल) ९० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, काउली स्थानीय ८० रुपैयाँ, मूला रातो २५ रुपैयाँ, भन्टा लाम्चो १० रुपैयाँ र भन्टा डल्लो २५ रुपैयाँ प्रतिकिलो रहेको छ ।

मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर (लोकल) २५ रुपैयाँ र घिरौला ३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फर्सी पाकेको ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

सागपातमा रायोसाग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ । च्याउतर्फ कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो रहेको छ । यसैगरी कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, केरा (मालभोग) दर्जन १८० रुपैयाँ, आँप (मालदह) ९० रुपैयाँ, आँप (दसहरी) १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लीच्ची (लोकल) १८० रुपैयाँ र लीच्ची (भारतीय) २८० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.