समाचार

आजको मौसम: यी प्रदेशमा चट्याङसहित भारी वर्षाको चेतावनी

By अर्जुन भट्टराई

आजको मौसम: यी प्रदेशमा चट्याङसहित भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

मौसम विभागका अनुसार आज दिउँसो मनसुनी गतिविधि थप बढ्ने छ। यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ ।

भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढेको छ भने सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा पनि रहेको छ । ठूला-साना नदी, नाला र खोलाको पानीको सतह बढ्न सक्ने भएकाले विभागले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.