काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ। यसरी घटेपछि आज सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको ४ हजार ३२५ रुपैयाँको तुलनामा केही कम हो।
