Uncategorized

भद्रकुमारी घलेद्वारा लिखित एक सय ५१ विधाका पुस्तकहरु वैशाख दश गते विमोचन हुने

By अर्जुन भट्टराई

भद्रकुमारी घले

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ ।

भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसक्नुभएकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन समेत गरिसक्नुभएको छ । त्यस्तै बैशाख ३० गते बिमोचन हुने १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु रहेको घलेले जानकारी दिइन ।

नौ दशक उमेर पार गरिसक्नुभएका घलेको १ सय ५१ वटा पुस्तक एकैसाथ बिमोचन हुने बिषयलाई गिजिन वुक अफ वल्र्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.