समाचार

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य

By अर्जुन भट्टराई

विराटनगर, जेठ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक आम्दानी र आवश्यकतामा आधारित हुने बताएका छन्। विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको विशेष साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षहरूमा परम्परागत शैलीमा बजेट बनाउने गरिए पनि यसपटक यथार्थपरक बजेट आउने दाबी गरे।

उनले बजेट निर्माणमा सरकारले निजी क्षेत्रसँगको समन्वयलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे। मुख्यमन्त्री आचार्यले बजेटमा अनावश्यक खर्च कटौती गरी मितव्ययिता अपनाइने र त्यसका लागि निजी क्षेत्रको सुझाव महत्त्वपूर्ण हुने बताए।

उनले प्रदेशमा लगानीका लागि उपयुक्त वातावरण बनाउन र निजी क्षेत्रको लगानी सुरक्षाको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखे। “प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ,” मुख्यमन्त्री आचार्यले भने, “लगानीमैत्री वातावरणका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन।”

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.