अर्थ

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा

By अर्जुन भट्टराई

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा

जेठ १०, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूले देश र पार्टीका लागि पुर्‍याएको योगदानलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौंमा आयोजित कांग्रेसका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको पहिलो स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले नेताहरूले थालेका अधुरा कार्यहरूलाई सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे। देउवाले स्वर्गीय नेता रेग्मीलाई पार्टीप्रति पूर्ण समर्पित व्यक्ति भन्दै उनको योगदानको स्मरण गरे।कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिमा लागेका व्यक्तिले तत्काल प्रतिफलको आशा राख्न नहुने बताए। उनले राजनीतिलाई त्याग र निरन्तरको यात्राको रूपमा परिभाषित गर्दै यसमा धेरै अवरोध आउने तर तिनलाई चिर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.