समाचार

मन्त्रिपरिषद् बैठकः भूमि समस्या समाधान आयोगको गठन गर्ने सरकारको निर्णय

By अर्जुन भट्टराई

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल प्रहरीको जनपथ समूह तर्फ प्रहरी नायव महानिरिक्षण किरण राणालाई प्रहरी अतिरिक्त महनिरिक्षक पदमा बढुवा गरि प्रदेश समन्वय विभागको प्रमुख पदमा पदस्थापना गर्ने निर्णय गरेको छ भने प्रहरीको प्राविधिक स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव महानिरिक्षक सुन्दरप्रसाद हैजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि नेपाल प्रहरी अस्पतालमा पदस्थापन गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता गुरुङले बताए ।

प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा भएकी राणा बिहीबारदेखि अनिवार्य अवकाशमा जाने भएकाले बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेर एक दिन कार्यभार सम्हाल्ने भएकी छिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.