अर्थ

आज धन्तेरसः राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

By अर्जुन भट्टराई

काठमाडौँ । धन्तेरसका दिन नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का लिनका लागि मंगलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन बिभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको हो । चाँदी र सुनको सिक्का लिनका लागि टक्सार महाशखाको बाहिर लामो लाइनमा सर्वसाधारण उभिएका थिए ।

पहिला आउनेलाई प्राथमिकता दिएर चाँदी र सुनको सिक्का बिक्रि बितरण गरिएको टक्सार महाशाखाकी कार्यवाहक निर्देशक सम्झना ढकालले जानकारी दिए ।

तीहारका अवसरमा राष्ट्र बैंकले हरेक बर्ष नयाँ मुद्रण गरिएका चाँदी र सुनको सिक्का बिक्रि बितरण गर्दै आएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.