समाचार

बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

By अर्जुन भट्टराई

काठमाडौँ । असोज ११ र १३ गतेको बाढि पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको समन्वय तथा सहजीकरणमा मंगलबार कांग्रेस सभापति शेर बहादुर देउवाले बाढि पहिरोमा परि ललितपुरमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

आर्थिकका सहयोगका लागि कांग्रेस सांसद मोहन बहादुर बस्नेतले सहयोग तथा संयोजक गरेका थिए भने सिन्धुपाल्चोकका बाह््रविसे नगरपालीका, भोटेकोशी गाँउपालीका लगाएत स्थानीय तहले समेत सहयोग गरेका थियो ।

कार्यक्रमका कांग्रेस सभापति देउवाले बाढि पहिरोका कारण भएको धनजनप्रति दुख व्यक्तगर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले दुखका बेला कांग्रेस सदैव जनतामाझ रहने प्रतिवद्धता जनाए ।

त्यस्तै कांग्रेस सांसद मोहन बहादुर बस्नेतले प्राकृतिक प्रकोपबाट पिडितहरुलाई सहयोग गर्नका लागि आफु सदैव अघि बढ्ने बताए । मानविय संवेदनशीलताका आधारमा एउटा नेपालीलाई दुख पर्दा अर्को नागरिकले सहयोग गर्नु सवैको कर्तव्य भएको उनले बताए ।

असोज ११ र १३ गतेको बाढि पहिरोमा परि ललितपुरमा मात्रै ४० भन्दा बढिको मृत्यु भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.