अर्थ

सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, आज कति छ तोलाको ?

By अर्जुन भट्टराई

काठमाडौँ । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा बृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको थियाे । यसले आज पनि निरन्तरता पाएकाे छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ८ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ६६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । मंगलबार चाँदी प्रतितोला २ हजार एक सय रूपैयाँमा कारोबार भएकोमा आज ३५ रुपैंयाँले बढेर २ हजार एक सय ३५ रूपैयाँमा काराेबार भइरहेकाे  महासंघले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.