मनोरंजन

कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ सार्वजनिक (भिडियोसहित)

By अर्जुन भट्टराई

काठमाडौँ । लोकप्रिय कवि एसडी ढकालको “दोधार“ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर सजिएको छ ।

गीतमा शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण संञ्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देव राज आचार्यले गरेका छन् ।

भिडियोमा मोडल डा.इन्जि.शंकर ढकाल(एसडी) र मिस टिन युनिभर्स नेपाल, २०२१ की अभिनेत्री श्रेयंका थापा (सिन्दूर) को अभिनय रहेको छ । साथै अध्यात्मिक ढकाल, कर्ण सञ्ज्याल, निर्मला ढकालको पनि अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन हिम्मत सिंह चैसिरले गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई डा इन्जि.शंकर ढकाल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

“कवि एसडी“ र “कवि सिन्दुर“ बीचको प्रगाढ प्रेम र बिछोड पछिका देखाउन सकिन,े नसकिने गतिविधि, रोदन र समग्र जिन्दगीका अवयवमा आधारित गीतको भिडियो छायांकन गरिएको हो । आज २०८१ साल असोज ११ गते शुक्रबारका दिन सांगीतिक कोसेली र दुबै कृति (“दोधार“ र “आँशु लुकाऊँ कसरी“) को बिमोचन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा कवी तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.