समाचार

अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला

By अर्जुन भट्टराई

काभ्रे । गए रातिदेखिकाे अविरल वर्षापछि आएकाे लेदाेले काभ्रेकाे राेशी गाउँपालिका वडानम्बर ८ चारसयवेसी स्थित बिपी राजमार्ग अवरुद्ध भएकाे छ ।


सडक अवरुद्ध भएकाे खबर पाएपछि गएकाे प्रहरी टाेलीले स्थानीय निकाय र सडक विभागसँग समन्वय गरि सडक खुलाउने प्रयास गरिरहेकाे छ । हाल साे स्थानमा एकतर्फी सडक खुलाइएकाे प्रहरीले जनाएकाे छ ।

थप काम भइरहेकाे पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.