अर्थ

नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले घट्याे

By अर्जुन भट्टराई

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । साेमबार ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.