राजनिती

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने

By अर्जुन भट्टराई

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष र महासचिवले संगठन इन्चार्ज र अध्यक्षसंग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रवक्ता सापकोटाले पार्टीलाई बलियो बनाउन जनवर्गिय संगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले संगठनहरुलाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

अहिलेको भू–राजनीतिक अवस्था थप जटिल हुदै गएकाले पार्टीलाई एकतावद्ध ढंगले अघि बढाइने उनको भनाइ छ ।

अखिल क्रान्तिकारीले केहि प्रदेशको सम्मेलन हुन बाँकी रहेकाले तत्कालका लागि पूर्वनिर्धारित सम्मेलन स्थगित गरेको सुचना प्रकाशित गरेको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.