समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन

By अर्जुन भट्टराई

भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौ किलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरु भएको बताइएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.