राजनिती

संवैधानिक परिषद्को बैठक आज बस्दै

By अर्जुन भट्टराई

काठमाडौँ । शुक्रबार संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने गरी शुक्रबारका लागि बैठक बोलाएका हुन्।


प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो।

पूर्व तयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक आजका लागि सरेको हो। संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्नुपर्छ। तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरिसकेका छन्।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् । त्यसपछि क्रमशः नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.