समाचार

आँबुखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ जना घाइते

By अर्जुन भट्टराई

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।


सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएकाे जानकारी अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको थियाे । बसमा अन्दाजी ४० जना भारतीय नागरिक रहेको बताइए पनि औपचारिकरूपमा पुष्टि हुन भने बाँकी छ । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले उद्धार गरिरहेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.