मनोरंजन

मोडल अर्जुन तिरुवाद्धारा अभिनित ‘कृष्ण पुकार’ सार्वजनिक (भिडियोसहित)

By अर्जुन भट्टराई

काठमाडौँ । कृष्ण जन्माष्टिमीको सु–अवसर पारेर मोडल अर्जुन तिरुवाको अभिनयमा रहेको ‘कृष्ण पुकार’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा मोडल एलिशा इरिसले साथ दिएकी छिन् ।

गीतमा गायक नेत्रराम महतको सुमधुर स्वर सजिएको छ भने शब्द रचना र संगीत संयोजन पनि स्वंयम गायककै रहेको छ ।

के.बी. भण्डारीको एरेन्ज रहेको यस गीतमा मिक्स तथा मास्टरिङ् गोविन्द सोनीको रहेको छ । अनामनगरमा रहेको एक्सन स्टुडियोमा रेर्कडिष्ट कर्ण सञ्ज्यालले रेर्कड गरेका हुन् ।

चर्चित निर्देशक मनिष श्रेष्ठको निर्देशनमा तयार पारिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन तथा छायांकन अमन बडुले गरेका हुन् ।

गीतको भिडियोलाई नेत्रराम महत नामक यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नुहोस् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.