राजनिती

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

By अर्जुन भट्टराई

दाङ। लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ ।


बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए  ।

सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत  साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ  । आचार्यलाई  एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.