अर्थ

बढ्याे सुनकाे मूल्य, आज नयाँ रेकर्ड कायम

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएकाे छ । शुक्रबार प्रतिताेला ९ सयले घटेको सुन आज आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १ लाख ५२ हजार ६०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.