समाचार

बागलुङ पहिरो अपडेट : सात जनाको मृत्यु, चार जनाको जीवितै उद्धार

By अर्जुन भट्टराई

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

पहिरोमा पुरिएका  चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.