समाचार

‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले

By अर्जुन भट्टराई

काठमाडौँ ।  ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् ।

प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशनल २०२४’ को उपाधि जिते । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।

प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.